अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पशुपति हिन्दु विश्वविद्यालय बन्ने

पशुपति हिन्दु विश्वविद्यालय बन्ने

appharu
0
Shares

काठमाडौँ । मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन र जगेर्ना गर्ने उद्देश्यसहित पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको छ ।

पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा स्थापना गर्न लागिएको यस विश्वविद्यालय स्थापनाका लागि अध्ययन थालिएको छ ।

कोषका सदस्यसचिव प्रदीप ढकालले मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन, संरक्षण तथा प्रवद्र्धन गर्न कोषले ‘पशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने अवधारणा ल्याई निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । पशुपति क्षेत्रको सम्पूर्ण विकासका लागि यसअघि निर्माण गरिएको गुरुयोजनामा समेत हिन्दु विश्वविद्यालय स्थापनाको प्रस्ताव समावेश गरिएको जानकारी दिँदै उनले भने, “विश्वविद्यालय स्थापना गर्न अध्ययन सुरु गरिएको छ ।”

उनले भने, “विश्वविद्यालय स्थापनाका लागि अबको एक महिनाभित्र अध्ययन प्रतिवेदन तयार भइसक्ने छ । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण प्रक्रिया अगाडि बढाइने छ ।”