अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा जनप्रतिनिधिको घरभित्र युवतीको शव फेला, हत्या भएको हुनसक्ने स्थानीयको आशंका

कैलालीमा जनप्रतिनिधिको घरभित्र युवतीको शव फेला, हत्या भएको हुनसक्ने स्थानीयको आशंका

appharu
46
Shares

धनगढी । कैलालीमा एक नगरपालिकाका जनप्रतिनिधि वडासदस्यको घर (कोठा)मा एक युवती मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका-३ का वडासदस्य निरज चौधरीको घरमा स्थानीय युवती अञ्जिता चौधरी मृत फेला परेकी हुन् ।

स्थानीयका अनुसार अञ्जिता र निरज विगत केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । निरजले केही समयअगाडि मात्रै अर्की युवतीसँग विवाह गरेका थिए ।

मृतक अञ्जिताका दाइ रामेश चौधरीका अनुसार आइतबार बिहान निरजको घरमा शव फेला परेको हो । सञ्चिताको शव झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।

‘ढोकामा बाहिरबाट ताला लगाइएको र भित्र झुन्डिएको अवस्थामा बहिनीको शव फेला परेको छ,’ निरजले भने । निरजका अनुसार शव झुन्डिएको अवस्थामा फेला परे पनि खुट्टा भने भुइँमा टेकिएका छन् । स्थानीयहरुले सञ्चिताको हत्या भएको हुनसक्ने बताएका छन् ।

घटनाबारे सम्पर्क गर्न खोज्दा वडासदस्य निरजको फोनमा सम्पर्क हुन सकेको छैन । घरमा शव फेला परेको भन्ने जानकारी आएपछि नगरपालिकाका अन्य जनप्रतिनिधिले पनि निरजलाई फोन सम्पर्क गरेको तर सम्पर्क नभएको बताएका छन् ।

निरज शनिबार बेलुकादेखि नै सम्पर्कविहीन रहेका जनाइएको छ । गौरीगंगा नगरपालिका-३ का कार्यवाहक वडाध्यक्ष जगतराम चौधरीले वडासदस्य निरजको घरमा शव फेला परेको भन्ने जानकारी आफूले पनि पाएको र अहिले आफू घटनास्थलतर्फ जान लागेको बताए ।

‘एउटा युवती कोठामा मृत फेला परेकी भनेर मैले पनि जानकारी पाएको छु,’ वडासदस्य जगतरामले दैनिक अनलाइनसँग भने, ‘घटनाको विषयमा विस्तृत भने थाहा हुन सकेको छैन ।’