अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवाह गर्ने प्रलोभनमा पारी धरानमा १७ वर्षीया किशोरीमाथि बलात्कार

विवाह गर्ने प्रलोभनमा पारी धरानमा १७ वर्षीया किशोरीमाथि बलात्कार

appharu

धरान । सुनसरीको धरानमा १७ वर्षकी १ जना किशोरीमाथि बलात्कार भएको छ । विवाह गर्छु भन्दै ललाई फकाइ गरी ३३ वर्षका एक पुरुषले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेका हुन् ।

बलात्कारमा संलग्न रहेको आरोपमा सुनसरी प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका-५ घर भइ सुनसरीको धरान उपमहानगरपालिका-७ बुद्धमार्गमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र कुमार सदा छन् ।

प्रहरीका अनुसार सदाले विवाह गर्छु भनी फकाइ गत माघ ९ गते जबर्जस्ती करणी गरेका खुलेको छ । पीडित पक्षले उजुरी दिएपछि प्रहरीले शनिबार सदालाई धरानबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका सदाविरुद्ध जबर्जस्ती करणीको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।