अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन, बर्दिया, दोलखा र दार्चुलामा चारजना मृत फेला

चितवन, बर्दिया, दोलखा र दार्चुलामा चारजना मृत फेला

appharu
0
Shares

काठमाडौं । चितवन, बर्दिया, दोलखा र दार्चुलामा चारजना मृत अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका १६, शिवघाटस्थित नारायणी नदीको किनारमा परिचय नखुलेका करिब ३५ वर्षीय पुरुषको शव फेला परेको छ ।

बर्दियाको राजापुर नगरपालिका १०, लालपुरघाटस्थित नदीको किनारमा सोही ठाउँ बस्ने ७५ वर्षीय लक्ष्मण थारु मृत अवस्थामा फेला परेका छन् ।

दोलखाको कालिन्चोक गाउँपालिका ७, चरिकोट सिंगटीस्थित झमर्सी भिरमा सर्लाही मलगंवा नगरपालिका ३ घर भई हाल नेपाल बैंकको शाखा कार्यालय सिंगटी दोलखामा कार्यरत २९ वर्षीय अजितकुमार झा मृत अवस्थामा फेला परेका छन् ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका ७, पन्तपाली बस्ने ३६ वर्षीया पार्वती बोहरा सोही गाउँपालिका ६, सलेतीस्थित महाकाली नदीको किनारमा मृत अवस्थामा फेला परेकी छिन् । गत माघ १२ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ ।