अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतबाट नेपाल आउन लागेका २ जना युवक ४९ लाख रुपैयाँसहित पक्राउ

भारतबाट नेपाल आउन लागेका २ जना युवक ४९ लाख रुपैयाँसहित पक्राउ

appharu
0
Shares

बारा ।  ४९ लाख रुपैयाँ अवैध (स्रोत नखुलेको) रकमसहित बारा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

फेटा गाउँपालिकाअन्तर्गत पर्ने नेपाल–भारत सीमा नाका भएर नेपालतर्फ आइरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट ४९ लाख रुपैयाँ नगद बरामद भएको छ ।

पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय अरबिन्द महतो र अर्का १ जना युवक छन् । भारतीय नम्बर प्लेट बीआर ०५ वाई ६४१७ को मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा झोलामा ठूलो मात्रामा पैसा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतो र उनको पछाडि बसेका अर्का एक युवकलाई मोटरसाइकल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।