अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि प्रदर्शन

भागरथीलाई न्याय माग्दै जिल्ला प्रशासन अगाडि प्रदर्शन

appharu
0
Shares

बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै स्थानीय तेस्रो दिनपनि प्रदर्शन गरेका छन् ।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित उनीहरुले जिल्ला प्रशासन अगाडि प्रदर्शन गरिरहेका छन् ।

भागरथीका गाउँले, विद्यार्थी तथा सहकर्मीहरुले हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो ।

उनको बलात्कापछि हत्या भएको आशंका प्रहरीले गरेको छ। यद्यपी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।