अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दीपशिखालाई युवा संघको संयोजकबाट हटाइयो

दीपशिखालाई युवा संघको संयोजकबाट हटाइयो

appharu

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन, ‘राष्ट्रिय युवा संघ’को संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाइएको छ।

प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएसँगै प्रचण्ड-माधव समूहमा लागेका दीपशिखालाई प्रधानमन्त्री ओली समूहले जिम्मेवारीबाट हटाएको हो।

आइतबार ललितपुरको च्यासलमा बसेको बैठकले दीपशिखालाई संंयोजकबाट हटाएको हो।

युवा संघ इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकले सापकोटालाई निष्कासन गरेपछि पौडेलको अध्यक्षमा बैठक शुरु भएको छ।

यहि बैठकले युवा संघको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । अध्यक्षका लागि रमेश पौडेल,किरण पौडेल र वचनवहादुर सिंहले दावी गरेका छन् भने महासचिवमा क्षितिज थेबे र रमेशआर्चायको दाबी छ।

आफूलाई संयोजकबाट हटाएपछि दीपशिखाले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका छन्।

संसारको अंक गणितिय नियम २x२=४ हुन्छ तर केपि ओली र उनका छोराहरूका गणितिय नियम अर्कै हुन्छ अर्थात २x२=५ हुन्छ । तपाईहरू ३३५ मध्य १३० बसेर बसेर २०० केन्द्रिय सदस्यलाई गरेको कारबाहि नामको कमेडि खारेज गर्दछौं !

Posted by Ram Prasad Sapkota Deepshikha on Sunday, February 7, 2021