अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशी विज्ञ टोली नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे काम प्रभावित

विदेशी विज्ञ टोली नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे काम प्रभावित

appharu
46
Shares

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गर्नुपर्ने उपकरणको काम प्रभावित भएको छ ।

उपकरण जडानका लागि समयमा विदेशी विज्ञसहितको टोली नेपाल आइनपुग्दा उक्त काम प्रभावित भएको खबर अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिड १९ का कारण चीन, थाइल्याण्ड, अमेरिका, अष्ट्रिया, युकेलगायत मुलुकबाट विज्ञसहितको टोली आइनपुग्दा उपकरण जडानसम्बन्धी काम अलपत्र परेको हो ।

यो जडान गत अक्टुबर महिनामै सम्पन्न गर्नुपर्ने पूर्वनिर्धारित तालिका थियो ।