अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भिसाद्वारा कुमारी बैंकलाई दुई विधामा अन्तर्राष्ट्रिय सम्मान

भिसाद्वारा कुमारी बैंकलाई दुई विधामा अन्तर्राष्ट्रिय सम्मान


काठमाडौं-भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा कुमारी बैंक लिमिटेड दुई विधामा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएको छ। सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कन गर्दै भिसाले बैंकलाई सम्मान गरेको हो।

बैंक विगतका वर्षहरूमा झैँ यस वर्ष पनि ‘एक्सिलेन्स इन क्रस-बोर्डर बिजनेस’ तथा ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा सम्मानित भएको हो। लगातार तीन वर्षदेखि यी सम्मान प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ।

उक्त सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबारको प्रवर्द्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामार्फत बैंकले हासिल गरेको व्यावसायिक उत्कृष्टतालाई प्रतिबिम्बित गरेको बैंकको भनाइ छ।

डिजिटल भुक्तानी प्रणालीले विश्वव्यापी रूपमा कारोबार, यात्रा तथा वित्तीय पहुँचको स्वरूप परिवर्तन गरिरहेको अवस्थामा कुमारी बैंकले ग्राहकलाई सुरक्षित, सहज र नवीन भुक्तानी समाधान उपलब्ध गराउँदै आएको छ। विशेषगरी भिसा कार्डमार्फत प्रदान गरिने सेवा तथा अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी सुविधालाई थप प्रभावकारी बनाउन बैंक सक्रिय रहेको जनाएको छ।

स्थापनाकालदेखि नै आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको बैंकले डिजिटल बैंकिङ, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारलाई निरन्तरता दिँदै आएको छ। आगामी दिनमा पनि ग्राहकको आवश्यकताअनुसार थप उन्नत, सुरक्षित र विश्वसनीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

२५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ। बैंकले डिजिटल बैंकिङ तथा भुक्तानी सेवाको पहुँच विस्तार गर्दै वित्तीय समावेशीकरणमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ।