अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ-धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

काठमाडौँ-धुलिखेलमैत्री पार्क निर्माण सम्झौता


काभ्रे-काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न मैत्री पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोही सिलसिलामा धुलिखेल नगरपालिका–७ स्थित पार्कलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन दुवै पालिकाबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गमबीच  हस्ताक्षर भएको हाे ।

सम्झौतामा उक्त पार्कलाई पारिवारिक मनोरञ्जन तथा विश्रामका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको छ। पार्क निर्माणका लागि रु सात करोड बजेट आवश्यक पर्ने पूर्वानुमान गरिएको छ।

तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सम्झौताअनुसार चालु आर्थिक वर्षमा रु एक करोड खर्च गरिने छ। पार्क निर्माणले धुलिखेलमा आन्तरिक पर्यटकको आकर्षण बढाउने तथा स्थानीय आर्थिक गतिविधिमा चलायमान बनाउन सहयोग पुग्ने कार्यवाहक प्रमुख जङ्गमले विश्वास व्यक्त गरे।

उाले सम्झौताले दुई नगरपालिकाबीचको संस्थागत सहकार्य र नागरिकबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरे ।