काठमाडौं-गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने १५५ जना घाइते भएका छन्।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार धादिङ, सिरहा, धनुषा, पर्सा, कास्की र नवलपरासी पश्चिममा भएका दुर्घटनामा ७ जनाले ज्यान गुमाएका हुन्।
यस अवधिमा सबैभन्दा बढी मधेस प्रदेशमा ४० जना घाइते भएका छन्। त्यस्तै, लुम्बिनी प्रदेशमा ३६, कोसी प्रदेशमा २१, कर्णाली प्रदेशमा २०, सुदूरपश्चिम प्रदेशमा ११ र गण्डकी प्रदेशमा ४ जना घाइते भएका छन्।
त्यसैगरी काठमाडौं उपत्यकामा १९ जना र बागमती प्रदेशका उपत्यकाबाहेकका जिल्लामा ४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति भएको छ।




प्रतिक्रिया