अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको उत्तराखण्डमा हिमनदी फुटेर बाढीः ७ जनाको शव भेटियो, १२५ वेपत्ता

भारतको उत्तराखण्डमा हिमनदी फुटेर बाढीः ७ जनाको शव भेटियो, १२५ वेपत्ता

appharu

काठमाडौं । भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा परेर ज्यान गुमाएका कम्तीमा सातजनाको शव भेटिएको छ ।

बाढीमा परेर १ सय २५ जना वेपत्ता भएका छन् । वेपत्ताहरुको खोजी कार्य जारी रहेको स्थानीय अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा बाढी आएको हो । अलकनन्दामा पनि पानीको सतह बढेको छ । बाढीले चमोली जिल्लाको जलविद्ययुतको बाँधमा क्षति पुगेको छ ।

राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गरेर सुरक्षाकर्मीहरुले रातभर उद्धारको काम जारी राखेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थामा आफ्नो निगरानी रहेको र पूरा देशको साथ उत्तराखण्डलाई रहेको बताएका छन्। हिमनदी फुटेपछि उत्तराखण्डका सबै जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ ।

यस्तै गंगा नदीको किनारका बासिन्दाहरुलाई पनि सचेत पारिएको छ ।