अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लामा बेलुका ६ बजेपछि आन्तरिक रुटमा गाडी चलाउन नपाइने

हुम्लामा बेलुका ६ बजेपछि आन्तरिक रुटमा गाडी चलाउन नपाइने


हुम्ला- आन्तरिक रूपमा गाडी सञ्चालन हुँदै आएको सवारी साधन बेलुका ६ बजेपछि चल्न नपाउने भएका छन् । दुर्घटना जोखिम बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सरोकारवाला पक्षको सल्लाहअनुसार सवारी साधन सञ्चालन गर्न नपाइने भएको हो ।

कच्ची सडकमा बेलुकादेखि रातीको समयमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्ने, बिना लाइसेन्सका चालकले सवाई साधन हाक्ने, चालकले मदिरा सेवन गर्ने सम्भावना बढी देखिएपछि बेलुका ६ बजेपछि सिमकोटबाट बाहिर यात्रायात सञ्चालनमा प्रतिबन्द लगाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी सहायक निरीक्षक लोकबहादुर चन्दले जानकारी दिनुभयो ।

यसअघि, हाल सञ्चालन भएका रुटमा गाडी दुर्घटना भएर २२ जनाको ज्यान गई सकेको छ । यो नियम उलंङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारवाही गरिने भएको छ । यसका लागि ट्राफिक प्रहरीले गाडी धनी, सवारी चालक, यात्रु र सर्बसाधारणसंग सुझाव लिएर दुर्घटना न्यूनीकरण गर्नकै लागि बेलुका तथा रातीको समयमा यातायात सञ्चालन गर्न नपाइने ब्यबस्था लागु गरिएको उहाँले बताउनुभयो ।

हाल हवाई मार्गबाट ढुवानी गरेर जिल्लामा भित्रिएका बोलेरो जीप, ट्याक्टर र जेसिबी मेशिन सञ्चालन हुँदै आएका छन् । सदरमुकाम सिमकोटबाट खार्पु, हेक्पा खोला, लिमाटाङ र ठेहेसम्म हाल यी बस्तीमा यातायता सञ्चालन हुँदै आएका छन् ।

त्यस्तै, ट्राफिक प्रहरीले चालक अनुमति पत्र बिना सवारी साधन चलाउने चालकलाई १ हजार र चलाउन दिने सवारी साधनका धनीलाई १ हजार रुपैपियाँ जरिवाना गर्ने नियम पनि कार्यान्वयनमा ल्याएको जनाएको छ ।