अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुलीको निधन

पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुलीको निधन


काठमाडौं- नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष केशव पराजुलीको निधन भएको छ ।

फोक्सोको क्यान्सरसँग जुधिरहेका ५७ वर्षीया पराजुलीको शनिबार निधन भएको हो । तीन दशकदेखि पत्रकारितामा सक्रिय पराजुलीको निधनले सिंगो पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाका पूर्व अध्यक्ष हरि शर्माले जानकारी दिए ।

पराजुलीको सोमबार मात्र दाहसंस्कार गरिने भएको छ ।

पराजुलीका एक छोरी यूएई र अर्की जापानमा भएकाले उनीहरु आएपछि मात्र दाहसंस्कार गरिने शर्माले जानकारी दिए ।

पराजुलीको शव पृथ्वीचन्द्र अस्पतालमा राखिएको छ । पराजुली यस अघि पनि दुई पटक महासंघको अध्यक्ष भएका थिए ।

Skip This