अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संस्थापन नेकपामै फर्किनुभयो शेरबहादुर तामाङ र उषाकला राई

संस्थापन नेकपामै फर्किनुभयो शेरबहादुर तामाङ र उषाकला राई


काठमाडौं- पूर्वमन्त्री तथा नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरी संस्थापन नेकपामा फर्किनु भएको छ ।

सांसद राईले प्रचण्ड-माधव समूह परित्याग गर्दै दुवै जना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली रहनुभएको संस्थापन नेकपामै फर्किएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हो, हामी फर्कियौँ । प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौँ ।’

शनिबार विराटनगरमा आयोजना हुने आमसभाबाट उषाकलाले संस्थापन नेकपामा लागेको घोषणा गर्नुहुने बताइएको छ ।

पार्टी विभाजनलगत्तै एक दिन नेता तामाङ संस्थापन नेकपाको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड-माधव समूहमा जानुभएको थियो ।