अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिपरको ठक्करबाट भक्तपुरमा शिक्षकको मृत्यु

टिपरको ठक्करबाट भक्तपुरमा शिक्षकको मृत्यु


काठमाडौं- भक्तपुरमा टिपरको ठक्करबाट पैदलयात्री शिक्षकको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार राति भक्तपुर नगरपालिका-१ घलाते चोकमा नम्बर नखुलेको टिपरको ठक्करबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ का ३५ वर्षीय बलराम तामाङको मृत्यु भएको हो ।

तामाङ नाईटिङ्गेल बोर्डिङ स्कुल कुपन्डोल ललितपुरमा शिक्षक पेसामा कार्यरत हुनुहुन्थ्यो । टिपरको ठक्करबाट गम्भीर घाइते हुनु भएका तामाङको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

प्रहरीले ठक्कर दिने बा ५ ख ४७९ नम्बरको टिपर र चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-११ घरका २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको छ ।