काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच बिहीबार पाँच घण्टा लामो भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाह सभापति लामिछानेलाई भेट्न बिहीबार दिउँसो बुढानीलकण्ठस्थित निवास पुगेका थिए। लामिछानेको सचिवालयका अनुसार भेटवार्ता आत्मीय तथा सौहार्दपूर्ण वातावरणमा भएको थियो।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र भ्रमणबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए। त्यसैगरी, आगामी निर्वाचन तथा निर्वाचनको तयारीका विषयमा पनि दुई नेताबीच छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियानका विषयमा समेत भेटमा कुराकानी भएको थियो । यसैगरी, सरकारका कामकारबाही, मन्त्री तथा मन्त्रालयको कार्यसम्पादन र समग्र सरकारी गतिविधिबारे दुवै नेताबीच विचारविमर्श भएको बताइएको छ।
भेटमा सरकारले ल्याउन लागेको अध्यादेश तथा आगामी संसद् अधिवेशनका विषयमा पनि छलफल भएको लामिछानेको सचिवालयले जानकारी दिएको छ।



प्रतिक्रिया