अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार आइतबार दिउँसो १ बजे चन्द्रागिरि नगरपालिका-१३ बाट प्रचण्ड-नेपाल समूहका ६ जनालाई पक्राउ गरिएको हो ।

कार्यक्रममा जान लाग्नुभएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने तयारी गरिरहेका एक महिला र पाँच पुरुषलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पक्राउ पर्नेमा प्रचण्ड-नेपाल समूहका जिल्ला सदस्य चन्द्रागिरि-१३ का ३३ वर्षीय विमल लम्साल, काठमाडौं जिल्ला सचिवालय सदस्य ३४ वर्षीय दाताराम पनिर र ३४ वर्षीय विनोद भट्ट रहेका छन् ।

त्यस्तै, २३ वर्षीय प्रितम भट्ट, २५ वर्षीया सन्ध्या भट्ट र २८ वर्षीय उत्सव भट्टलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीमा राखिएको छ ।