अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश २ का प्रमुख झालाई १ सय १ किलोको मालाले स्वागत

प्रदेश २ का प्रमुख झालाई १ सय १ किलोको मालाले स्वागत


जनकपुरधाम- प्रदेश २ का प्रमुख राजेश झालाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । उहाँलाई १ सय १ किलोको मालाले स्वागत गरिएको हो ।

प्रदेश प्रमुख झाको स्वागतका लागि प्रदेश सरकारबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह विमानस्थल पुग्नु भएको थियो ।

संस्थापन नेकपाका कार्यकर्ताले प्रदेश प्रमुख झाको स्वागतमा मोटरसाइकल र्‍यालीसमेत निकालेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार झालाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको थियो ।

तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि शुक्रबार नै झालाई नियुक्त गरिएको थियो ।