अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाहाल–नेपाल नेकपाको जिल्ला नेतृत्व भागबण्डाः माधव नेपालले आधाभन्दा कममै चित्त बुझाए

दाहाल–नेपाल नेकपाको जिल्ला नेतृत्व भागबण्डाः माधव नेपालले आधाभन्दा कममै चित्त बुझाए


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। अध्यक्ष र सविचवको टुंगो लगाएसँगै पूर्वएमाले पक्षलाई आधाभन्दा कममा सीमित बनाउन अध्यक्ष माधवकुमार नेपाल तयार भएका छन् ।

पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ। अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी छ । दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने बताइएको छ ।

गत चुनावमा ७१ प्रतिशतभन्दा बढी मत पाएको पूर्वएमाले नेता नेपालले माओवादीलाई पार्टी बुझाएको भन्दै असन्तुष्टिहरु सुरु भएका छन् । दुई दिनअघि मात्रै पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश सभा सदस्य उषाकला राईले नेपाल पक्ष छाडिसकेका छन् ।