अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वसांसद एकनाथ रानाभाटको निधन

पूर्वसांसद एकनाथ रानाभाटको निधन


चितवन- नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ । मस्तिष्कघातका कारण १६ दिनदेखि चितवन मेडिकल कलेजमा उपचार गराइरहनु भएका रानाभाटको सोमबार दिउँसो ६६ वर्षको उमेरमा निधन भएको भएको हो ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार १६ दिनअघि उच्च रक्तचापका कारण घरमै लड्नुभएका रानाभाटलाई चितवन मेडिकल कलेजमा ल्याएर भर्ना गरी उपचार गरिएको थियो । उहाँ अचेत अवस्थामा नै अस्पतालमा उपचार हुँदै गर्दा उहाँको निधन भएको हो ।

रत्ननगर नगरपालिका-१४ निवासी रानाभाट २०२७ साल देखि नेपाली कांग्रेसमा आबद्ध भई विभिन्न मोर्चामा रहेर काम गर्नुभएको थियो । हरेक संघर्ष र आन्दोलनको अग्रमोर्चामा रहेर काम गर्नुभएका रानाभाट नेपाली कांग्रेस चितवनको सचिव, नेपाल किसान संघको केन्द्रीय सदस्य, प्रतिनिधि सभाको सदस्य जस्तो जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

उहाँका एक श्रीमती एक छोरा एक छोरी छन् । नेता रानाभाटको पार्थिव शरीरलाई भोलि बिहान ७ वजे घरवाट शवयात्रा निकाली नारायणगढस्थित काँग्रेस जिल्ला कार्यालयमा एक घण्टा राख्ने र दिउँसो देवघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम चितवन कांग्रेसले तय गरेको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।