अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको निर्देशन : निर्मलाका हत्यारालाई पनि छिटो सार्वजनिक गर्नुस्

प्रधानमन्त्रीको निर्देशन : निर्मलाका हत्यारालाई पनि छिटो सार्वजनिक गर्नुस्


कञ्चनपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारालाई अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिनुभएको छ । बेदकोट नगरपालिका-२ स्थित दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले प्रशासनलाई यस्तो निर्देशन दिनुभएको हो ।

‘भारथी भट्टका अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ । म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

साथै, उहाँले जनतालाई समस्यामुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लडाकू व्यवस्थापनका क्रममा क्यान्टोनमेन्टमा ठूलो भ्रष्टाचार गरिएको उल्लेख गर्दै तत्कालीन पार्टीमा अमिक शेरचनको नेतृत्वमा बुझाइएको प्रतिवेदन दबाइएको बताउनुभयो । लडाकूका बीचमा त्यो प्रतिवेदन नजाओस् भनेर च्यातिएको उहाँले जानकारी दिनुभयो । उहाँले औद्यागिक क्षेत्र बनाउने प्रक्रिया सुदूरपश्चिमबाट गरिएको उल्लेख पनि जानकारी दिनुभयो ।

वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोरको कार्य अगाडि बढाउन सरकारले रु ९३ करोड रकम विनियोजन गरेको बताउनुभयो । वनका कारण अड्किएको करिडोरको कार्य पूरा गर्नका लागि मन्त्रिपरिषद्को बैठकमा लगेर निर्णय गरी समाधान गरिने उहाँले जानकारी गराउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितको वर्षौदेखिको समस्या समाधान गर्नका लागि शक्तिशाली आयोग गठन गरिने उहाँले बताउनुभयो ।

श्रम तथा रोजगारमन्त्री गौरीशङ्कर चौधरीले विकासको ढोका पश्मिबाट खुलेको चर्चा गर्नु हँुदै औद्योगिक क्षेत्र स्थापनापछि यसले आर्थिक समृद्धिमा टेवा पु¥याउने बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य विकासमन्त्री गणेशसिंह ठगुन्नाले प्रम ओली नेतृत्वको सरकार आउनुअघिसम्म गर्व गर्न लायकको कुनै योजना नरहेको उल्लेख गर्दै आज गेटा मेडिकल कलेज, धनगढी विमानस्थललगायतका योजना अगाडि बढेका उल्लेख गर्नुभयो ।