अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुरक्षा परिषदको बैठक लम्बिदा क्याबिनेट धकेलियो

सुरक्षा परिषदको बैठक लम्बिदा क्याबिनेट धकेलियो


काठमाडौं– सुरक्षा परिषदको बैठक लम्बिएका कारण बिहान साढे १० बजेलाई बोलाइएको मन्त्रिपरिषदको बैठक पछाडि धकेलिएको छ ।

बालुवाटारमा बिहान साढे नौ बजे देखि सुरु भएको बैठक अझै जारी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद बैठकका लागि साढे १० बजे डाकिएका मन्त्रीहरु बैठक कक्षमा प्रधनमन्त्रीको प्रतिक्षामा छन् । एक मन्त्रीले नेपालीबहससँग भन्नुभयो “प्रधानमन्त्रीज्यू सुरक्षा परिषदको बैठकमा हुनुहुन्छ । हामी क्याविनेट बैठकका लागि पर्खिरहेका छौं ।”

सुरक्षा परिषदको आजको बैठकमा संसद विघटनका बारेमा सर्वोच्च अदालतको फैसलापछि उत्पन्न हुनसक्ने सुरक्षा चुनौति,विप्लव समूहको प्रतिवन्ध फुकुवा लगायतका बिषयमा छलफल हुने स्रोतले जनकारी दिएको छ ।

सुरक्षा परिषदको अध्यक्षमा प्रधानमन्त्री, सदस्यहरुमा रक्षा, गृह, परराष्ट्र, अर्थ मन्त्री, मूख्य सचिव र प्रधानसेनापति रहन्छन् । परिषदको सदस्य सचिबमा रक्षा सचिव हुने व्यवस्था छ ।