अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुरक्षा परिषद् बैठकमा विप्लवको गतिविधिको छलफल

सुरक्षा परिषद् बैठकमा विप्लवको गतिविधिको छलफल


काठमाडौं- सुरक्षा परिषदको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित रक्षा मन्त्रालयस्थित सुरक्षा परिषदको सचिवालयमा बसेको बैठक केही बेरअघि सकिएको हो ।

बैठकमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको गतिविधिको समीक्षा गर्नुका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।