अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली पत्नी शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ विमोचन

प्रधानमन्त्री ओली पत्नी शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ विमोचन


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ विमोचन गरिएको छ । उहाँको पुस्तक मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नु भएको हो ।

शाक्यको ‘मेरा अनुभूतिहरू’ पुस्तक प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा विमोचन गरिएको हो ।

पुस्तकमा शाक्यले आफ्नो वाल्यकाल, शिक्षा, ओलीसँगको वैवाहिक प्रशंग, ओलीको मृगौला प्रत्यारोपण गर्नु पर्दाका क्षण, अस्पताल बसाइका अनुभव आदिको सम्झना गर्नुभएको छ ।

त्यस्तै, ओली प्रधानमन्त्री हुँदाका दुवै क्षण, उहाँको समय व्यवस्थापन, खानपान आदि विषय पनि पुस्तकमा समावेश गरिएको छ । पुस्तक करिब ३० हजार शब्दको बनेको छ ।