अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संस्थापन नेकपाले स्वरुप परिवर्तन गरेर देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने

संस्थापन नेकपाले स्वरुप परिवर्तन गरेर देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने


काठमाडौं- संस्थापन नेकपाले संसंद् पुनःस्थापनापछि पनि देशका विभिन्न भागमा निर्धारित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

आज बसेको स्थायी कमिटीको बैठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता तथा परारष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वरुप परिवर्तन गरेर पूर्वनिर्धारित कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

साथै, सर्वोच्च अदालतले गरेको संसद् पुनःस्थापना गर्ने फैसलालाई सम्मान गर्ने निर्णयसमेत गरेको छ ।

समग्र विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कमिटीको वैठक र संसदीय दलको वैठक बोलाउने विषयमा पनि छलफल भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

मुलुकलाई अन्योलमा राख्न हुन्न भन्ने आफूहरूको मान्यता भएकोले प्रधानमन्त्रीले त्यसैअनुसार अगाडि बढ्नेसमेत उहाँले जानकारी दिनुभयो ।