अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा कोरोनाका ८३ जना मृतक फेरि थपिए

नेपालमा कोरोनाका ८३ जना मृतक फेरि थपिए


काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट भएका मृतकको संख्या बिहीबार समेत संशोधन गरेको छ । यसअघि बुधबार मात्रै मन्त्रालयले ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’को अध्ययनपछिको सिफारिश बमोजिम ६ सय १८ जना मृतक थपिएको जनाएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिशमा बिहीबार समेत मृतकको संख्या संशोधन गरी ८३ जना थपिएको प्रष्ट्याउनुभयो । थपिएका मृतकसँगै नेपालमा कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ६७ पुगेको छ । पछिल्लो २ दिनमा मन्त्रालयको नियमित तथ्याङ्कभन्दा ७ सय १ जना मृतक थपिएका छन् ।

यसअघि गत् भदौ महिनामा कोभिड १९ बाट मृतकको तथ्याङ्कमा नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको तथ्याङ्क फरक आएपछि मन्त्रालयले अध्ययन गर्न समिति गठन गरेको थियो । उक्त समितिको अध्ययन र सिफारिशको आधारमा मृतकको संख्या थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।