अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस काउन्सिल नेपालमा चार सदस्य नियुक्त

प्रेस काउन्सिल नेपालमा चार सदस्य नियुक्त


काठमाडौं- प्रेस काउन्सिल नेपालमा चार सदस्य नियुक्त हुनुभएको छ ।

मन्त्रिस्तरीय निर्णयानुसार झापाका गणेशप्रसाद पोखरेल, कञ्चनपुरका हरिप्रसाद जोशी, दोलखाका चिरञ्जीवी मास्के र दाङका शरदप्रसाद अधिकारी सदस्यमा नियुक्त हुनुभएको हो ।

प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड ‘घ’ बमोजिम मनोनयन हुनुभएका सदस्यहरूलाई कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी तथा सदस्यद्वय दीपक पाण्डे र दुर्गा भण्डारीले स्वागत गर्नुभएको थियो ।