अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस निर्णयले निराश प्रचण्ड-माधव

कांग्रेस निर्णयले निराश प्रचण्ड-माधव


काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ताजा निर्णयले सरकार बनाउन तयार भएका पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाललाई निराश बनाएको छ ।

नेकपा विभाजनको प्रष्टतापछि मात्र संसद् पुनःस्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिने निष्कर्ष कांग्रेसले निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार अपराह्न बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले नेकपाको वैधानिक विभाजनको प्रतिक्षा गर्ने निष्कर्ष निकालेको हो ।

आफू नेतृत्वमा सरकार बनाउने निर्णय नगरेकोमा प्रचण्ड–माधव असन्तुष्ट हुनुहुन्छ । उहाँहरुलाई कांग्रेसमात्रै होइन, राजपाले समेत निराश बनाएर पठाइदिएको छ । अझ राजेन्द्र महतोले तपाईंहरुको पार्टी कुन हो भन्न भ्याउनुभएको छ ।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले संसद बैठकपछि उत्पन्न हुने परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको जानकारी दिनुभयो ।