अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता जोशीको शल्यक्रिया, स्वास्थ्यवस्था स्थिर

कांग्रेस नेता जोशीको शल्यक्रिया, स्वास्थ्यवस्था स्थिर


काठमाडौं- नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ । गएराति स्वास्थ्यमा समस्या आएर अप्ठ्यारो महसुस भएपछि उहाँलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक अस्पताल पुर्‍याइएको र करिब ४ बजेतिर टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

अस्पतालका न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । हाल उहाँको स्वास्थ्यावस्था स्थिर रहेको र जमेको पानी निकाल्ने काम भइरहेको अस्पतालले जनाएको छ ।