अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका यी स्थानमा आज ६ घन्टासम्म बत्ती जाने

काठमाडौंका यी स्थानमा आज ६ घन्टासम्म बत्ती जाने


काठमाडौं- शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बत्ती जाने भएको छ । नेपाल विद्युत प्राधिरकणका अनुसार केही स्थानमा नांगो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम हुने भएकाले उपत्यकाका विभिन्न स्थानमा आज ६ घण्टा बत्ती जाने भएको हो ।

प्राधिकरणले कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम हुने जनाएको छ । जसले गर्दा कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

विद्युत जाने क्षेत्रहरू काठमाडौंको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, परीक्षा नियन्त्रण कार्यालय, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालयको सबै कार्यालय रहेका छन् ।