अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीका जेल सहयात्रीहरू भन्छन्- ‘जेलमा चाणक्य नीति नै थिएन कहाँबाट पढ्नु ?’

प्रधानमन्त्रीका जेल सहयात्रीहरू भन्छन्- ‘जेलमा चाणक्य नीति नै थिएन कहाँबाट पढ्नु ?’


काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष प्रचण्डले केही दिन अघि एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बस्दा चाणक्य नीति मात्र पढेको बताउनुभयो । के साँच्चै १४ वर्षको जेल बसाईमा प्रधानमन्त्री ओलीले पटक पटक चाणक्य नीति पढ्नु भएको हो त ? उहाँका जेल सहकर्मीहरु यो कुरा इन्कार गर्छन् । ‘केपी ओलीले जेलमा बस्दा चाणक्य नीति मात्र पढेछन् भनेर प्रचण्डले भनेको मैले पनि सुनें,’ ओलीको जेल बसाइका करिब ११ वर्ष सहकर्मी राधाकृष्ण मैनाली भन्नुहुन्छ ‘त्यो हावा कुरा हो । हामी बसेका जेलमा चाणक्य नीति नै थिएन । कहाँबाट पढ्नु ? हामीले पढ्ने पुस्तक अरु नै थिए ।’

प्रधानमन्त्री ओलीसँग करिब १० बर्ष विभिन्न जेलमा सँगै बस्नु भएका कतारका लागि नेपाली राजदुत नारद भारद्वाज पनि यो कुरामा सत्यता नभएको बताउनुहुन्छ । ‘जेलमा पढ्ने पुस्तक सीमित थिए । जे उपलब्ध हुन्थ्यो पढिन्थ्यो तर चाणक्य नीति पढेको होइन,’ भारतद्वाजको भनाइ छ ।

‘केपी ओलीले जेलमा बस्दा चाणक्य नीति मात्र पढेछन् भनेर प्रचण्डले भनेको मैले पनि सुनें,’ ओलीको जेल बसाइका करिब ११ वर्ष सहकर्मी राधाकृष्ण मैनाली भन्नुहुन्छ ‘त्यो हावा कुरा हो । हामी बसेका जेलमा चाणक्य नीति नै थिएन । कहाँबाट पढ्नु ? हामीले पढ्ने पुस्तक अरु नै थिए ।’

मैनालीका अनुसार प्रधानमन्त्री ओलीले केही धार्मिक पुस्तकहरु बाल्यकालमा झापामा पढेको हो । ‘केही समय उहाँ रामनाथ दाहालको बस्नुभयो । उहाँका आमा र हजुरआमा धार्मिक मान्छे हुनुहुन्थ्यो,’ मैनाली भन्नुहुन्छ ‘त्यसबेला केपीजीले रामायण, महाभारत, स्वस्थानीका कथाहरु पढेर आमा र हजुरआमालाई सुनाउनुहुन्थ्यो । केपीजीको दिमाग टाठो हो त्यही भएर पटक पटक दोहोर्‍याएर पढेका ती कथाहरु उहाँको दिमागमा गहिरो गरी बसे ।’

जेलमा प्रधानमन्त्रीले के कस्ता किताब पढ्नु भयो त आर के मैनालीकै शब्दमा-

जेलमा केपीजी र म करिब ११ वर्षसँगै बस्यौं । २०३४ सालसम्म हामीलाई गोरखापत्र पनि पढ्न दिएको थिएन । सेन्टर जेलमा केपीजी, म र मोहनचन्द्र अधिकारी तीन जनालाई गोलघरमा राखेका थियो । २०३५ साल देखि गोरखापत्र पढ्न दिन थाल्यो । गोलघरबाट निकालेपछि सानो लाइब्रेरी थियो । त्यहाँ सस्ता हिन्दी साहित्यका किताब मात्र थिए । केही रसियन साहित्यका किताबहरु जस्तै गोर्कीको आमा लगायत केही किताबहरु थिए । ती हामीले पढ्यौं, २०३६ सालपछि केही साथीहरुले बाहिरबाट किताबहरु ल्यादिन्थे ती किताबहरु पढ्यौं । अहिले उहाँले बेला बेला रामायण, महाभारतका उदाहरण दिनुहुन्छ, त्यो उहाँले जेलमा होइन बचपनमा पढेको मेमोरी हो । प्रचण्डले कहाँ अस्ती केपीले जेलमा चाणक्य नीति पढेछन् भने । त्यो पढेको होइन । चाणक्य नीति भन्ने किताब हामी बसेका जेलमा कंही पनि थिएन । राजनीतिका किताब पढ्नै दिदैन थियो । पछि पढ्न दिंदा पनि चाणक्य नीति थिएन जेलमा । भए त म पनि पढ्थे नि । थिएन । २०३८ सालमा नख्खु जेलमा पुगेपछि हामीले अली बढी पढ्यौं । रसियन र चिनियाँ साहित्यका किताब पढ्यौं । सेन्टरमा त चिनियाँ किताब दिंदैन थियो । रसियनका हिन्दी संस्करणहरु अलि अलि पढन् पाइन्थ्यो । तोल्सतोयका उपन्यासहरु पढ्यौं ।

अर्का जेल सहयात्री नारद भारद्वाजका शब्दमा प्रधानमन्त्री ओलीले जेलमा के कस्ता पुस्तक पढ्नुभयो त ?
केपी एकदम धेरै अध्ययन गर्ने मान्छे हो । उहाँ ‘सेल्फ कल्टिभेटेड’ मान्छे हो । रुसबाट प्रकाशित विश्व इतिहासको रुपरेखा दुई भोलुमका ठूला ठूला किताब थिए । ती किताब पढेपछि उहाँले एउटा लामो कविता लेख्नुभयो । त्यो जेलमा पढेर सुनाउनुभयो । त्यो कहीं छापियो छापिएन थाहा छैन । हामीले जेलमा फ्रिडम अफ मिड नाइट, गंगा से भोल्गाा, इज प्यारिस वर्निङ, स्टोरी अफ रियल म्यान, आमा, तोल्सतयका उपन्यासहरु पढ्यौं हामीले । उहाँले इतिहासका किताब खुब रुची गर्नुहुन्थ्योे जेलमा । साहित्यमा पनि उहाँको रुची थियो । त्यती बेला साहित्यका किताब जे भेट्थ्यौं त्यही पढ्थ्यौं । हामीले माधवी पढ्यौं । आकाश, शिरिषको फूल, पर्खाल भित्र र पर्खाल बाहिर । यी किताब हामीले कोही मगाएर कोही शुभेच्छुकले ल्याइदिएर पढेका हौं । उहाँ फास्ट रिडर नै हो । बोध क्षमता पनि अत्याधिक भएको मान्छे हो । तर प्रचण्डले भने जस्तो चाणक्य पढेर बसेको होइन ।

‘जेलमा पढ्ने पुस्तक सीमित थिए । जे उपलब्ध हुन्थ्यो पढिन्थ्यो तर चाणक्य नीति पढेको होइन,’ नारद भारतद्वाजको भनाइ छ ।

प्रचण्डलाई चाणक्य नीति पढ्न सुझाव
समाजशास्त्रका एक जना पूर्वप्राध्यापक प्रधानमन्त्रीले चाणक्य पढेको भन्ने कुरालाई प्रचण्डले नकारात्मक अर्थमा प्रस्तुत गरेकोमा ‘अल्प ज्ञान’ को संज्ञा दिनुभएको छ । नेपालीबहससँग कुरा गर्दै समाजशास्त्रका पूर्वप्राध्यापक मोहनप्रसाद भण्डारीले प्रचण्डले चाणक्य नीतिलाई नकारात्मक अर्थमा सुनेको तर नबुझेको र नपढेको अनुमान आफूले गरेको बताउनुभएको छ । ‘प्रधानमन्त्रीले जेल बस्दा चाणक्य नीति मात्र पढेछन् भनेर प्रचण्डले भनेको सुने । यो कुरा सुन्दा प्रचण्डलाई चाणक्य नीतिको बारेमा केही थाहा रहेनछ जस्तो लाग्यो,’ भण्डारीले भन्नुभयो ‘प्रधानमन्त्रीले त पक्कै पढ्नुभएको होला चाणक्य नीति । पढ्नु भएको छैन भने समय निकालेर पढ्नु बेस हुन्छ । तर प्रचण्डले अलि राम्रो राजनीति गर्ने हो भने दोहो¥याएर तेहेर्‍याएर चाणक्य नीति पढ्नु पर्दछ ।’

के हो त चाणक्य नीति ? प्राध्यापक भण्डारीले नेपाली बहसलाई यसरी स्पष्ट पार्नुभयो-
प्रचण्डले प्रधानमन्त्रीलाई चाणक्य पढेको भन्दा आरोप जस्तो सुनियो तर यो राम्रो कुरा हो । प्रचण्डले कति बुझेको छ थाहा छैन । चाणक्य नीतिको पुस्तक देखेको छ कि छैन । चाणक्य भनेका आचार्य कौटिल्य हुन् । विष्णुगुप्त पनि भन्छन् उनलाई । उनी तक्षशिला विश्वविद्यालयका पूर्व विद्यार्थी पछि त्यहीका प्राध्यापक हुन् । त्यो समय इसापूर्वको तेस्रो शताब्दीतिरको हो । त्यसबेलाको भारतको समग्र राजनीति आचार्य विष्णुगुप्तले चलाउँथे । सबै साना साना रजौटा थिए । राजनीति दर्शन प्रष्तुत गर्ने हाम्रा छेउछाउका एक जना प्राज्ञिक व्यक्ति आचार्य विष्णुगुप्त नै हुन् ।

‘प्रधानमन्त्रीले जेल बस्दा चाणक्य नीति मात्र पढेछन् भनेर प्रचण्डले भनेको सुने । यो कुरा सुन्दा प्रचण्डलाई चाणक्य नीतिको बारेमा केही थाहा रहेनछ जस्तो लाग्यो,’ भण्डारीले भन्नुभयो ‘प्रधानमन्त्रीले त पक्कै पढ्नुभएको होला चाणक्य नीति । पढ्नु भएको छैन भने समय निकालेर पढ्नु बेस हुन्छ । तर प्रचण्डले अलि राम्रो राजनीति गर्ने हो भने दोहो¥याएर तेहे¥याएर चाणक्य नीति पढ्नु पर्दछ ।’

तक्षशिला अहिले पाकिस्तानमा पर्दछ । उनी अत्यन्त विद्धान् । उनको चाणक्य नीति, चाणक्यको राजनीति र चाणक्यको अर्थशास्त्र पनि छ । चाणक्यको अर्थशास्त्रलाई कौटिल्यको अर्थशास्त्र भन्ने चलन छ । चाणक्य, कौटिल्य र विष्णुगुप्त तीनवटा नामले चिनिन्छन् उनी । चाणक्य कै नीतिले गर्दा चन्द्रगुप्त मौर्य भारतको इतिहासमा प्रशिद्ध नाम छ । साम्राट चन्द्रगुप्त मौर्य । मौर्यलाई सामान्य अवस्थाबाट सम्राट बनाउने भूमिका चाणक्यको छ । चाणक्य राजीनतिज्ञ मात्र होइन कुटनीतिज्ञ पनि हुन् । भारतमा कृष्णभन्दा पछिल्लो कुटनीतिज्ञ चाणक्य नै हुन् । यो अर्थमा प्रचण्डले भनेको कुरालाई लिने हो भने हाम्रा प्रधानमन्त्री राम्रो राजनीतिज्ञ र कुटनीतिज्ञ भएको बुझ्न सकिन्छ ।

राज्य कसरी चलाउने, समाज कसरी चलाउने, प्रशसन कसरी चलाउने, अर्थतन्त्र कसरी चलाउने कुटनीतिक विभाग कसरी चलाउने आदि सबै कुरा चाणक्य नीतिमा पाइन्छ । तर प्रचण्डले चाणक्य नीतिलाई कसरी कुन अर्थमा बुझे ? उनले पनि एक पटक यो पुस्तक पढे भने राजकाज चलाउन अलि भाँती आँउछ जस्तो लाग्छ ।