अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘प्रधानमन्त्रीलाई हटाउन नसकेपछि प्रचण्ड-माधवले अविश्वास प्रस्ताव फिर्ता लिए’

‘प्रधानमन्त्रीलाई हटाउन नसकेपछि प्रचण्ड-माधवले अविश्वास प्रस्ताव फिर्ता लिए’


चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको बताउनुभएको छ ।

भरतपुरमा आज आयोजित राष्ट्रिय युवा संघ नेपाल चितवनको कमिटी घोषणा, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, ‘त्यही भएर अब अरु दलका नेतालाई गुहार्न थाल्नुभएको छ ।’ उहाँले सूर्य चिन्ह आफ्नो पार्टीमै कायम रहने पनि जिकिर गर्नुभयो ।

‘दाहाल–नेपाल पार्टी फुटाएर जानुभो तर पार्टी फुटेको घोषणा गर्न सक्नुभएको छैन । मैले पार्टी फुटाएँ भनेर निर्वाचन आयोगमा जानुभएको छैन । किनभने उहाँहरूलाई सूर्य चिह्नको माया लागेको छ,’ उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनमा सूर्य चिन्नबिना दाहाल र नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन ।’

कार्यक्रममा युवा संघका इञ्चार्ज बस्नेतले चितवन कमिटीका ५ सय १ लाई शपथ ग्रहण गराउनुभएको थियो । जिल्लामा सुशील केसीको संयोजकत्वमा युवा सङ्घ गठन गरिएको छ ।