अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल आइपुग्यो कोभ्याक्सले दिएको साढे ३ लाख डोज कोरोना खोप

नेपाल आइपुग्यो कोभ्याक्सले दिएको साढे ३ लाख डोज कोरोना खोप


काठमाडौं- भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको झन्डै साढे ३ लाख डोज कोरोना भ्याक्सिन काठमाडौं आइपगेको छ।

भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको ३ लाख ४८ हजार डोज काठमाडौं आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको उक्त खोप यसअघि नै नेपालमा प्रयोग भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले गरिब तथा अति कम विकसित राष्ट्रहरूलाई समेत खोपको सामान वितरण होस् भनेर गाभी संस्थासँग मिलेर कोभ्याक्स कार्यक्रम गठन गरेको थियो ।

उक्त कार्यक्रम अन्तर्गत त्यस्ता राष्ट्रहरूले कम्तिमा २० प्रतिशत खोप पाउने भनिएको छ ।