काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शितल निवास पुग्नुभएको छ ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ शितल निवास पुगिसक्नु भएको हो ।
अन्य पार्टीका शिर्ष नेताहरू आउने क्रम जारी रहेको अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया