अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा कैलालीको संगठन विभाग उपप्रमुखमा के.एम. थापा नियुक्त

रास्वपा कैलालीको संगठन विभाग उपप्रमुखमा के.एम. थापा नियुक्त


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली जिल्ला समितिले के.एम. थापालाई जिल्ला संगठन विभागको उपप्रमुखमा नियुक्त गरेको छ।

जिल्ला समितिको पूर्ण बैठकले थापालाई संगठन विभागको उपप्रमुखको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। पार्टीले संगठन विस्तार, सुदृढीकरण तथा कार्यकर्ता परिचालनलाई प्रभावकारी बनाउन उनको नियुक्ति गरिएको जनाएको छ।

नवनियुक्त उपप्रमुख थापाले जिल्लामा पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको रास्वपाले जनाएको छ।

जिल्ला समितिले थापालाई नयाँ जिम्मेवारीका लागि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई थप सशक्त, अनुशासित र जनमुखी बनाउन उनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

रास्वपाले कैलालीमा संगठन विस्तार र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई अझ मजबुत बनाउने अभियानअन्तर्गत विभिन्न विभाग तथा समितिमा जिम्मेवारी बाँडफाँटलाई निरन्तरता दिएको जनाएको छ।