अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय


काठमाडौँ-शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका चारवटा निर्णय सार्वजनिक गरिएको छ। बैठकले विश्व बैंकसँग भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश स्वीकृत गर्नेलगायत निर्णय गरेको छ।

बैठकले जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, नेपाल न्याय सेवाअन्तर्गत सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ।

बैठकपछि सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।

यी हुन् मन्त्रिपरिषद्का चार निर्णय :

१. विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफी फन्ड (भूकम्प विपद् व्यवस्थापन कोष) सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने।

२. बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने।

३. २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने।

४. नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।