अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृष्णभिरको पहिरो छल्न तयार पारिँदै छ वैकल्पिक सडक

कृष्णभिरको पहिरो छल्न तयार पारिँदै छ वैकल्पिक सडक


काठमाडौं-मुग्लिन–काठमाडौं सडक खण्डअन्तर्गत चितवनको कृष्णभिरमा पहिरोका कारण हुन सक्ने सडक अवरोधलाई ध्यानमा राख्दै वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढाइएको छ ।

चितवनको फिस्लिङपारि गोरखातर्फको पल्लोटारदेखि सिउरेनीटार हुँदै धादिङको बेनीघाट जोड्ने सडकलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको हो । कुल १९ किलोमिटर लम्बाइको उक्त सडक स्तरोन्नति गर्ने योजनाअनुसार १.२ किलोमिटर नयाँ ट्र्याक खोल्ने कामसमेत भइरहेको छ ।

कृष्णभिरमा पहिरो खस्ने जोखिमका कारण जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने अवस्था रहेकाले वैकल्पिक मार्ग तयार गर्न लागिएको हो । मुख्य सडकमा पहिरो खसेर आवागमन बन्द हुँदा यात्रु तथा सवारीसाधनले वैकल्पिक बाटो प्रयोग गर्न सक्ने गरी सडकको स्तरोन्नति गर्न लागिएको छ।

फिस्लिङदेखि बेनीघाट जोड्ने यस मार्गको स्तरोन्नतिपछि मुग्लिन–काठमाडौं सडक खण्डमा कृष्णभिरको पहिरोका कारण हुने सम्भावित अवरोधका बेला आवागमन सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।