काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले दुर्घटनामा ज्यान गुमाउने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। अध्यक्ष ओलीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
‘पोखरा महानगरपालिका–२८ माझठानामा कालिका बोर्डिङ स्कूलका विद्यार्थी चढेको बस दुर्घटनामा परी विद्यार्थीको ज्यान गएको खबरले पीडा दिएको छ,’ अध्यक्ष ओलीले लेखेका छन्।

अध्यक्ष ओलीले दुर्घटनामा ज्यान गुमाउने विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा परेको अकल्पनीय पीडाप्रति समवेदना व्यक्त गरेका छन्। ‘दुर्घटनामा ज्यान गुमाउने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । दुर्घटनाले परिवारजनमा परेको यस अकल्पनीय पीडाप्रति गहिरो समवेदना व्यक्त गर्दछु । घाइते भएका विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’ साथै, घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।



प्रतिक्रिया