अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिले बोलाउनुभएको सर्वदलीय बैठक सकियो

राष्ट्रपतिले बोलाउनुभएको सर्वदलीय बैठक सकियो


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाउनुभएको सर्वदलीय बैठक सकिएको छ । बैठकमा समसामयिक विषयमा छलफल भएको सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस उपसभापति विमलेन्द्र निधिलगायतले बोल्नुभएको  थियो ।

राष्ट्रपति भण्डारीले शीतलनिवासमा बोलाउनुभएको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको थियो ।

एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई भने उपस्थित भएका छैनन् ।