अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिले पनि मिलेरै अगाडि बढ्न चाहेका छौँ : माधव नेपाल

अहिले पनि मिलेरै अगाडि बढ्न चाहेका छौँ : माधव नेपाल


काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई बलियो बनाउन जोड दिनुभएको छ ।

आज आफ्नो समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले मिलेर अगाडि बढ्न चाहेकाले एमालेलाई सुदृढ बनाउनुपर्ने बताउनुभयो ।

‘अहिले पनि मिलेरै अगाडि बढ्न चाहेका छौँ । त्यसकारण हाम्रो उद्देश्य भनेको नेपालको राजनीतिमा कम्युनिष्टको आन्दोलनको हैसियत जोउनु हो,’ नेता नेपालले भन्नुभयो, ‘पहिला पूर्वएमालेलाई बलियो बनाऔँ, पूर्वएमालेलाई सुदृढ बनाऔँ, नवौँ महाधिवेशनको दस्तावेजको आधारमा अगाडि बढौँ । विधानको मान्यताअनुसार अगाडि बढौं ।’