अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चार दिन देशभरका शिक्षणसंस्था बन्द गर्ने निर्णय

चार दिन देशभरका शिक्षणसंस्था बन्द गर्ने निर्णय


काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । आज शिक्षा मन्त्रालयमा बसेको आकस्मिक बैठकले मंगलबारदेखि सम्पूर्ण शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिनुभयो ।

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो ।

लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षणसंस्थता बन्द गर्नुपरेको बताउनुभयो ।