अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हात्तीको आक्रमणबाट वृद्धको मृत्युु

हात्तीको आक्रमणबाट वृद्धको मृत्युु


कैलाली- कैलालीको जानकी गाउँपालिका-६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ ।

शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

पछिल्लो समय वन जंगलभित्र र आसपासका क्षेत्रमा जंगली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जंगल विनाश हुँदा वन्यजन्तुको आहाराको अभावले जंगली जनावर जंगल बाहिर निस्कने, जंगलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउँछन् । ‘जंगली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक भएको छ’, उनले भने, ‘उनीहरूको वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ । जसले मानिस नै जोखिममा पर्न थालेका छन् ।’