अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकमा कोरोनाले एक जनाको मृत्यु, ६ जना सक्रिय संक्रमित

दमकमा कोरोनाले एक जनाको मृत्यु, ६ जना सक्रिय संक्रमित


झापा– झापाको दमकमा कोरोनाबाट एकजनाको ज्यान गएको छ ।

दमक ८ घर भएका ९२ वर्षीय एक पुरुषको कोरोनाको उपचारका क्रममा मृत्यु भएको दमक नगरपालिकाका कोभिड फोकल पर्सन कुवेर भट्टराईले जानकारी दिनुभयो । उहाँको विराटनगरको कोशी अस्पतालमा शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोनाको दोस्रो लहर फैलिएपछि झापामा यस अघि एक महिलाको मृत्यु भएको थियो । दमकमा हाल ६ जना सक्रिय संक्रमित रहेको भट्टराईले जानकारी दिनुभयो ।