अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिसानको आठौँ महाधिवेशन मंसिरमा

हिसानको आठौँ महाधिवेशन मंसिरमा


काठमाडौं- उच्च शिक्षालय तथा विद्यालय संघ नेपाल (हिसान) आठौँ महाधिवेशन आगामी मंसिरमा हुने भएको छ ।

वैशाख दुई र तीन गते नुवाकोटको ककनीमा भएको बैठकले यो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष युवराज शर्माले जानकारी दिनुभयो ।

बैठकले जेठसम्ममा सात वटै प्रदेशमा अधिवेशनहरू गर्ने, असोजको १५ सम्म जिल्ला अधिवेशन गर्ने, मंसिरको १७ र १८ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार बैठकमा कक्षा ११ र १२ को प्री-बोर्ड र बोर्ड परीक्षा सञ्चालन र व्यवस्थापन कसरी गर्ने, कोरोना महामारीले देशव्यापीरूपमा गरेको असर र शैक्षिक क्षेत्रमा परेको प्रभावका बारेमा समेत छलफल गरिएको थियो ।

बैठकले कक्षा ११ को परीक्षा विद्यालयलाई नै सञ्चालन गर्न दिएकोमा राष्ट्रिय परीक्षा बोर्डले गर्नु उपयुक्त हुने सुझावसमेत दिएको छ ।

साथै, सो बैठकले कोरोनाको हल्लामा विद्यालय मात्र बन्द गर्नुको साटो सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्नु उपयुक्त हुने सुझावसमेत दिएको वरिष्ठ उपाध्यक्ष शर्माले जानकारी दिनुभयो ।