अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाथीभरा जाँदा लेक लागेर बालकको मृत्यु

पाथीभरा जाँदा लेक लागेर बालकको मृत्यु


ताप्लेजुङ- पाथीभरा जाँदा लेक लागेर बालकको मृत्यु भएको छ ।

पाथीभरा दर्शन गर्न जाने क्रममा फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएका पाँचथरको फालेलुङका २ वर्षीय बालक उत्सव लिम्बूको मृत्यु भएको हो ।

बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएपछि शव अभिभावक रामबहादुर लिम्बूलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो ।

विगतमा चिसोका कारण लेक लागेर केही तीर्थयात्रीले ज्यान गुमाएका थिए भने बालकको पनि लेक लागेर नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा छ ।