अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रका सांसद बोहरा पदमुक्त

माओवादी केन्द्रका सांसद बोहरा पदमुक्त


कैलाली- सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहरालाई पदमुक्त गरिएको छ ।

संविधानको धारा १८० तथा राजनीतिक दल सम्बन्धी ऐन र प्रदेशसभा नियमवाली २०७४ बमोजिम बोहरा प्रदेशसभा सदस्य पदमा नरहेको जानकारी सभामुख अर्जुनबहादुर थापाले सोमबार प्रदेशसभा बैठकमा जानकारी गराउनुभएको हो ।

माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलले बिहीबार बोहरा दलमा नरहेको जानकारी सहितको पत्र प्रदेशसभामा दर्ता गराएको थियो ।

अछाम १ को (ख) बाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित बोहरा यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीसमेत हुनुहुन्थ्यो ।

सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिएर एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि बोहरा एमालेमा प्रवेश गर्नु भएको थियो ।