अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिमण्डल पुनर्गठन, चार बजे शपथ

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिमण्डल पुनर्गठन, चार बजे शपथ


बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गर्नु भएको छ । नेकपा माओवादीले समर्थन फिर्ता लिएसँगै उहाँले मन्त्रिमण्डल पुनर्गठन गर्नु भएको हो ।

मन्त्री हुनेहरूमा विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी रहनुभएको छ । नवनियुक्त मन्त्रीहरूले आजै ४ बजे सपथग्रहण गर्ने बताइएको छ ।

आज नै ४१ जना सांसदले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै माओवादी मन्त्री सरकारबाट बाहिरिएका थिए । राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल हुनुहुन्छ ।