अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जानकी मन्दिरको माटो लिएर अहिराज माडीतिर

जानकी मन्दिरको माटो लिएर अहिराज माडीतिर


काठमाडौं– प्रदेश २ का प्रमुख डा राजेश अहिराज जानकी मन्दिर भित्रको माटो, गङ्गासागरको जल, चतराधामको माटो र कोशी नदीको जल लिएर चितवनको माडी प्रस्थान गर्नुभएको छ ।

चितवनको माडीस्थित अयोध्यापुरीमा राम(सीताको मूर्ति आज प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापन गर्ने मूर्तिहरु मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारबाट रथयात्रासहित चितवन लगिएको छ ।

जनकपुरबाट ४० वटा गाडीमा श्रद्धालुहरु सहित उहाँ माडी तर्फ प्रस्थान गर्नुभएको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा राम रामको जन्म अयोध्यापुरीमा भएको दाबी गर्दै सो स्थानमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गर्नुभएको थियो ।