अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माछा पोखरीमा डुबेर झापामा एक बालकको मृत्यु

माछा पोखरीमा डुबेर झापामा एक बालकको मृत्यु


झापा : बुद्धशान्ति गाउँपालिकामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। अर्को एक बालकको अवस्था गम्भीर छ।

बुद्धशान्ति-३ स्थित विनोद मोक्तानको माछा पोखरीमा बिहीबार साँझ साढे ५ बजे स्थानीय हरिप्रसाद पौडेलका छोरा १३ वर्षीय नितेशको मृत्यु भएको प्रहरीले जनाएको छ। नितेशको शव साँझ ७ बजे फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

विद्यालयबाट फर्किने क्रममा धनबहादुर चौहानका छोरा १४ वर्षीय सुजन र नितेश माछा पोखरीमा पौडी खेल्न गएको प्रहरीले बताएको छ। पौडी खेल्ने क्रममा दुवैजना डुबेको थिए। तीमध्ये सुजनलाई स्थानीयले उद्धार गरी उपचारका लागि लिभिङ होप अस्पताल लगिएको थियो।